बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

  ०७६ जेठ ३० गते

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भई बाल सुधार गृहमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतको जेठ २९ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको हो ।

पीडित बालिकालाई आरोपित बालकले ०७५ मङ्सिर २९ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले पुस १ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते भरतपुर अस्पतालमा गरिएको थियो । आरोपित बालकलाई मङ्सिर २९ गते नै चितवन प्रहरीले गिरफ्तार गरेको थियो ।


दिपेन्द्र अधिकारी