बलात्कार गरेको कसुरमा २५ वर्ष कैदको फैसला

  ०७६ असार ३० गते

१७ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत रुकुमले ३४ वर्षीय बाबुलाई २५ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले आरोपितलाई दोषी ठहर गर्दै जेल सजाय सहित पीडित बालिकालाई ५० हजार रुपियाँ  क्षतिपूर्ति दिनुपर्ने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७५ चैत १ गते बलात्कार गरेको आरोपमा प्रहरीले चैत ४ गते आरोपितलाई गिरफ्तार गरेको थियो । घटनाका बारेमा पीडितकी आमाले चैत २ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ५ गते जिल्ला अस्पताल सल्लेमा गरिएको थियो ।


मनिषा केसी