बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

  ०७६ जेठ ३० गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २९ गते ऐरावती गाँउपालिका–४ का १९ वर्षीय मिनबहादुर रोकालाई १८ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले १८ वर्ष कैद र १ लाख रुपियाँ क्षतिपूर्तिको फैसाला गरेको जिल्ला अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ असोज २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई असोज २३ गते घरबाट गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ असोज २३ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।


रविन्द्र पाण्डे