बलात्कार गरेको कसुरमा १७ वर्षकैदको फैसला

  ०७६ असार ४ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार २ गते घोराही उपमनपा-१२ का ३५ वर्षीय तेजबहादुर बस्नेतलाई १७ वर्षकैदको फैसला गरेको छ ।

न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले दोषी ठहर गर्दै १७ वर्षकैद र पीडितलाई ४ लाख ५० हजार रुपिँया क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

शारीरिक रूपमा अपाङ्गता भएकी बालिकालाई आरोपितले ०७५ साउन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन ४ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।


जे.एन.सागर