बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला

  ०७६ असार २७ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०७५ फागुन २० गते पुर्पक्षका लागि थुनामा रहेका मल्लरानी गाउँपालिका–२ का ६८ वर्षीय दण्डबहादुर बिकलाई जिल्ला अदालत प्यूठानको ०७६ असार २६ गतेको फैसलामा आरोपितले बलात्कार गरेको कसुर ठहर गदै १६ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बिकलाई सो सजाए सुनाएको हो । पीडितबालिकबालाई बिकले ०७५ माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले बिकलाई फागुन २ गते घरैबाट गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते जिल्ला अस्पताल बिजुवारमा भएको थियो ।


रविन्द्र पाण्डे