बलात्कार गरेको कसुरमा १६ वर्ष कैदको फैसला

  ०७६ वैशाख २७ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वैशाख २७ गते घोराही उमनपा–२ का १८ वर्षीय मुकेश बिकलाई १६ वर्ष कैदको फैसला गरेको छ  ।

न्यायाधीश हेमन्त रावलको इजलासले १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको श्रेष्तेदार धनीप्रसाद चपाईले बताए ।

पीडित बालिकालाई बिकले ०७५ माघ १६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई माघ १६ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ माघ १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।


जे.एन.सागर