बलात्कार गरेको कसुरमा १५ दिन कैद सजायको फैसला

  ०७६ मङ्सिर १८ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले मङ्सिर १६ गते १५ दिनको कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश दीपक खनाललको इजलासले कैद सजायसँगै पीडिते पाउने गरी १० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश भएको अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले गत जेठ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले जेठ २० गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको असार ९ को आदेशले बालक ठहर गर्दै अभिभावकको जिम्मामा छोडेको थियो ।

अदालतको फैसलासँगै बालकलाई बाल सुधारगृह विराटनगरमा राखिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ९ गते गरिएको थियो ।


भरत खड्का