बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला

  ०७६ कात्तिक २१ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई अदालतले कात्तिक २० गते १५ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायधीश मोहनराज भट्टराईको इजलासले बालबिवाह र अपहरण मुद्दामा कसुरदारबाट १० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७६ वैशाख २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको जेठ १९ को आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २५ गते गरिएको थियो ।


मङ्गल बेघा