बलात्कार गरेको कसुरमा १४ वर्षकैदको फैसला

  ०७६ साउन १ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा आठराई त्रिवेणी गाउँपालिका-१ का २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालतले १४ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश कृपाश्वर कार्कीको इजलासले गुरुङलाई कैद सजायसँगै पीडितले पाउने गरी १ लाख रुपियाँ क्षतिपूर्ति भराउने आदेश असार ३१ गते भएको अदालतका श्रेष्तेदार केदार गौतमले बताए ।

पीडित बालिकालाई गुरुङले ०७५ चैत २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २९ गते गरिएको थियो ।


देवराज गुरूङ