बलात्कार गरेको कसुरमा १४ वर्षको कैद फैसला

  ०७६ जेठ १७ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै लहान नपा–२४ का २० वर्षीय सुन्दर सदालाई जिल्ला अदालतले जेठ १६ गते १४ वर्षको कैद फैसला गरेको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल बसन्त काफलेले  बताए । सहायक वकिल काफ्लेले २५ हजार रुपियाँ क्षतिपुर्तिको समेत फैसला भएको बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ भदौ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ४ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्तालमा भदौ ३ गते भएको थियो ।

इलका प्रहरी कार्यालय लहानले आरोपितलाई भदौ ३ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित भदौ २२ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।


दुर्गा परियार