बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

  ०७६ असार १० गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ९ गते सल्यान जिल्ला  कपुरकोट गाँउपालिका–४ का २२ वर्षीय पुरूषोत्तम दमाईलाई १३ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले दमाईलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र पीडितलाई २ लाख ५० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

पीडित बालिकालाई दमाईले ०७५ माघ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई माघ १० गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।


जे.एन.सागर