बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

  ०७६ जेठ २ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जेठ २ गते आरोपित नगेन्द्र चौहानलाई १३ वर्ष कैदको फैसला गरेको छ ।

जेठ २ गते न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो । पीडित बालिकालाई चौहानले ०७५ कात्तिक ५ गते बलात्कार गरेको भन्दै कात्तिक ६ गते चितवन प्रहरीमा उजुरी परेको थियो ।

चौहानलाई प्रहरीले कात्तिक ६ गते गिरफ्तार भएका थिए । पीडित बालिकाको कात्तिक ६ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।


दिपेन्द्र अधिकारी