बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

  ०७६ वैशाख १३ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले वैशाख १३ गते नौबहिनी गाउँपालिका–५ का २४ वर्षीय मोतिलाल घर्तीलाई १३ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बलात्कार कसुर ठहर गदै १३ वर्ष कैद, ५० हजार रुपियाँ जरिवाना र ३० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको जिल्ला अदालतले जनाएको छ ।

पीडित महिलालाई आरोपितले ०७५ असोज ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोमा आरोपितलाई कात्तिक ६ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको  थियो ।


रविन्द्र पाण्डे