बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०७६ असार २९ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०७५ कात्तिक ४ गतेदेखि रुपन्देही जिल्लाको बाल सुधार गृहमा रहेका १७ वर्षीय बालकलाई जिल्ला अदालत प्यूठानले १२ वर्ष कैदको पैmसला सुनाएको छ ।

अदालतले असार २९ गते गरेको फैसलामा पीडित बालिकालाई आरोपितले बलात्कार गरेको कसुर ठहर गदै १२ वर्ष कैद र ७५ हजार रुपियाँ क्षतिपूर्तिको सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले यस्तो सजाय सुनाएको हो । पीडित बालिकालाई आरोपित बालकले ०७५ असोज २० गते बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले असोज २० गते गिरफ्तार गरी अदालत पेश गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।


रविन्द्र पाण्डे