बलात्कार गरेको कसुरमा १२ वर्षकैद तथा क्षतिपुर्तिको फैसला

  ०७६ जेठ २९ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कल्याणपुर नपा-११ का २१ वर्षीय सञ्जिवकुमार राउत बरैलाई जिल्ला अदालतले जेठ २८ गते १२ वर्षकैद र २५ हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए ।

पीडित बालिकालाई ०७५ चैत ११ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा चैत १२ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १२ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय महेशपुर पतारले आरोपितलाई चैत १२ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित वैशाख ३ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।


दुर्गा परियार