बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

  ०७७ चैत १२ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रुपन्देही सिद्धार्थ नगरपालिका–१३ घर भइ चापाकोट नगरपालिकाका चन्द्रमान शाक्यलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सुर्यबहादुर थापाको चैत ११ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा आरोपितलाई १२ वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको स्याङ्जा जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद रेग्मीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७६ असार १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार १८ गते जिल्ला प्रहरी कार्यालय स्याङजामा उजुरी दिएका थिए ।

घटनापछि फरार रहेका आरोपितलाई सोही दिन कास्कीबाट गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत स्याङजामा ०७६ साउन १० गते जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।


तिलकुमारी थापा