बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
चार वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मङ्सिर १६ गते १४ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश दीपक खनालको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितलाई नेपाल सरकारले स्थापना गरेको पीडित राहत कोषबाट १० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला भएको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आदेश अनुसार बालक रहुञ्जेल बाल सुधारगृह विराटनगर र साबालक भएपछि कारागार पठाउने गरी फैसला भएको आचार्यले बताउनु भयो ।
११ वर्षीय बालकलाई भने नाबालक ठहर गर्दै बाँकी कैद स्थगन गर्ने आदेश भएको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
बालकको हकमा गिरफ्तारी भएको मितिदेखि प्रहरी हिरासत र आफन्तको जिम्मामा रहेको समयलाई कैद सजाय नै कायम गरी बाँकी कैदलाई स्थगन गर्ने गरी आदेश भएको आचार्यले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितद्वयले ०७६ चैत ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई चैत ६ गते घरबाटै गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतले ०७७ वैशाख २० गते कोरोना भाइरसको महामारीका कारण बालसुधार गृहमा पठाउने अवस्था नभएपछि पुर्पक्षका लागि अभिभावकलाई जिम्मा लगाउने आदेश दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ चैत ६ गते गरिएको थियो ।
भरत खड्का
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…