बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

   ०७६ फागुन २ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले रामधुनी नगरपालिका–२ का १७ वर्षीय बालकलाई १२ वर्ष सात महिना कैद सजायको फैसला गरेको छ ।

न्यायधीश राधाकृष्ण उप्रेतीको फागुन १ गतेको इजलासले कसुर ठहर गर्दै सजायसँगै पीडितले पाउने गरी कसुरदारलाई दश हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।

आरोपितले ०७६ वैशाख ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध वैशाख १२ गते इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १२ गते गरिएको थियो ।


जयकृष्ण यादव