बलात्कार गरेको कसुरमा १२ वर्ष कैद फैसला

  ०७६ पुस १४ गते
 १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नौगाड गाउँपालिका – ५ का २९ वर्षीय दानसिह धामीलाई जिल्ला अदालत,दार्चुलाले पुस १३ गते १२ वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
जिल्ला अदालत,दार्चुलाका न्यायाधिश गिरीराज गौतमको इजलासले धामीलाई कैद तथा क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत,दार्चुलाका सूचना अधिकारी हेमन्त भाटले जानकारी दिनु भयो ।
पीडित बालिकालाई कसुरदार धामीले  साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालय,दार्चुलामा उजुरी दिएपछि सोही दिन प्रहरीले गिरफ्तार गरी भदौ १९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
पीडित बालिकाको साउन ३० गते जिल्ला अस्पताल,दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको थियो ।


नरेन्द्रसिह कार्की