बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

  ०७६ असार ३० गते

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाल्पा जिल्ला निस्दी गाउँपालिका–७ का ५० वर्षीय रामबहादुर परियार भन्ने रामबहादुर दमाईलाई ११ वर्ष कैद सजाय र ७५ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद उपाध्यायको असार २९ गतेको इजलासले सो फैसला गरेको जिल्ला अदालतका सूचना अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७५ चैत १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि प्रहरीले चैत १९ गते नै आरोपितलाई गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ परीक्षण चैत १९ गते नै भरतपुर अस्पताल चितवनमा भएको थियो ।


तिर्थराज डुम्रे