बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

  ०७३ चैत १५ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बकैया गाउँपालिका-१२, ठिङ्गनका २८ वर्षीय ठुलोबावु डिमडुङ्लाई ११ वर्षकैद गर्ने फैसला गरेको छ ।

अदालतले पीडितलाई पिडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । न्यायाधीश दयाराम ढकालको चैत १५ गतेको इजलासले उक्त फैसला गरेको हो ।

बालिकालाई फकाएर डिमडुङले गत माघ १४ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ठिङ्गनले डिमडुङ्लाई माघ १५ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाका आफन्तले माघ १५ गते इलाका प्रहरी कार्यालय ठिङ्गनमा उजुरी दिएका थिए । पीडित कालिकाको स्वास्थ्य परीक्षण माघ १६ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।


प्रताप विष्ट