बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सूर्यगढी गाउँपालिका–९ का २८ वर्षीय सोमबहादुर तामाङलाई जिल्ला अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको फागुन १० गतेको इजलासले बलात्कार घटनामा तामाङलाई दोषी ठहर गर्दै ११ वर्ष कैद सजाय, ३० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
तामाङले २०७५ कात्तिक २८ गते बलात्कार गरेको भन्दै पीडित महिलालेले जिल्ला प्रहरी कार्यालयमा ०७५ कात्तिक ३० गते उजुरी दिएकी थिइन् । उजुरी प्राप्त भएपछि प्रहरीले तामाङलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो ।
तामाङलाई जिल्ला अदालतको ०७५ मङ्सिर २३ गतेको आदेशले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ३० गते त्रिशुली जिल्ला अस्पतालमा गरिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…