बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

  ०७६ चैत ६ गते

१६ वर्षीया बालिकालाई ०७६ जेठ २५ गते बलात्कार गरेको आरोपमा असार २० गते देखि पुर्पक्षकोलागि थुनामा रहेका व्यास नपा–२ दमौलीका ४२ वर्षीय राजन पन्थलाई जिल्ला अदालत, तनहुँले चैत ५ गते ११ वर्ष कैदको फैसला गरेको छ ।

आरोपितले ०७६ जेठ २५ गते ऋषिङ गाउँपालिका–१ कोईदिममा बलात्कार गरेको पीडितका अभिभावकले जेठ २६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए । आरोपित जेठ २६ गते दमौलीबाट गिरफ्तार भएका थिए ।

जिल्ला अदालतका न्यायधीश दुर्गाप्रसाद पौडेलको इजलासले चैत ५ गते आरोपितलाई ११ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्ती भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार सुर्दशन खनालले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २६ गते दमौली अस्पतालमा गरिएको थियो ।


प्रकाशचन्द्र भट्टराई