बलात्कार गरेको कसुरमा  १० वर्ष ६ महिना कैद सजाय फैसला

  ०७७ चैत ४ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बझाङ जिल्ला घर भई हाल पुतलीबजार नगरपालिका–३ कुमाल गाउँ बस्ने ३० वर्षीय दिपक धामीलाई १० वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सुर्यबहादुर थापाकोे चैत ३ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी र आत्महत्या दुरुत्साहन कसुरमा आरोपितलाई १० वर्ष  ६ महिना कैद सजाय र एक लाख रुपियाँ क्षतिपुर्तिको फैसला गरेको स्याङ्जा जिल्ला अदालतका श्रेष्तेदार विश्वप्रसाद रेग्मीले बताउनुभयो ।

पीडितलाई आरोपितले ०७६ वैशाख ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७६ वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएका थिए ।

घटनापछि फरार रहेका आरोपितलाई ०७६ असार १६ गते गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत स्याङ्जामा ०७६ साउन ९ गते जबरजस्तीकरणी र आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।


 तिलकुमारी थापा