बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद दर्जीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सुर्य बहादुर थापाको ०७७ फागुन ४ गतेको इजालसले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा १० वर्ष कैदको फैसला सुनाएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७६ चैत २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २३ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २३ गते जिल्ला अस्पताल स्याङ्जामा गरिएको थियोे ।
प्रहरीले आरोपितविरुद्ध चैत २४ गते जिल्ला अदालत स्याङ्जामा जबरजस्ती करणी शीर्षक अन्तरगत मुद्दा दर्ता गरेपछि जिल्ला अदालतले आरोपितलाई वैशाख १६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तिलकुमारी थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…