बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

  ०७७ पुस २१ गते

१६ वर्षीया बालिका बलात्कार कसुरमा जिल्ला अदालतका न्यायाधीश गायत्री शर्माको इजलासले माडी नपा–९ गोविन्दवस्ती घर भएका २३ वर्षीय सन्दिप भुजेललाई पुस २० गते १० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

पीडित बालिकालाई असार १६ गते बलात्कार गरेको भन्दै भुजुलविरुद्ध पीडितको बाबुले असार २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । भुजेललाई प्रहरीले असार २१ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको असार २२ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

यसैगरी १९ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश केशव अधिकारीको इजलासले पुस १६ गते ३६ वर्षीय बुबालाई जन्मकैदको फैसला गरेको छ ।

०७७ वैशाख ३ गते घरमै बलात्कार गरेको भनी पीडित आफैले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो। आरोपितलाई प्रहरीले वैशाख ७ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ७ गते भरतपुर अस्पतालमा गरिएको थियो ।


दिपेन्द्र अधिकारी