बलात्कार गरेको कसुरमा १० वर्ष ६ महिना कैदको फैसला

  ०७६ भदौ २७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले दङ्गीशरण गाउँपालिका–५ का १९ वर्षीय आक्रमण भनिने पुरुषोत्तम भण्डारीलाई भदौ २६ गते १० वर्ष ६ महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश रितेन्द्र थापाको इजलासले उक्त फैसलासँगै आरोपितबाट ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको स्रेष्तेदार धनीप्रसाद चपाँइले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ चैत २१ गते तुलसीपुरको एक होटेलमा बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई ०७५ चैत २१ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।


जे.एन.सागर