बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

  ०७६ जेठ २९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २९ गते घोराही उपमनपा–१४ का २१ वर्षीय अमृत परियारलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजालसले जेठ २९ गते १० वर्ष कैद र पीडितलाई २ लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको स्रेस्तेदार धनीप्रसाद चपाईले बताए ।

आरोपितले बालिकालाई ०७५ जेठ १ देखि असार २ गतेसम्म बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले असार ३ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।


जे.एन.सागर