बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

  ०७३ चैत २९ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा चुङमाङ घर भई हाल विराटनगर उमनपा-११ बस्ने ३६ वर्षीय नेत्रबहादुर विश्वकर्मालाई जिल्ला अदालत मोरङले १० वर्षकैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश प्रकाश राउतको इजलासले चैत २९ गते कैदसँगै ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए ।

पीडित बालिकालाई आरोपितले गत माघ २९ गते बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । घटनाको विषयमा पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि प्रहरीले आरोपितलाई फागुन १ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।


इन्दिरा भट्टराई