बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

  ०७३ चैत २७ गते

नौ वर्षीया बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका-३ फार्सेका ५२ वर्षीय डिगबहादुर पाठकलाई जिल्ला अदालतले चैत २७ गते १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश राजकुमार कोइरालाको इजालासले बलात्कारको ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पीडित बालिकालाई गत साउन ७ गते बलात्कार गरेको भन्दै पाठकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन ९ गते उजुरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


भरत खड्का