बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०७६ कात्तिक २८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका–९ गैरूनका २५ वर्षीय विनोद परियारलाई जिल्ला अदालतले कात्तिक २८ गते सात वर्ष कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दै कैदसँगै पीडितले पाउने गरी १५ हजार रुपियाँ क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ माघ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले फागुन २६ गते गिरफ्तार गरी कारवाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७५ चैत २४ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १ गते गरिएको थियो ।


भरत खड्का