बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०७७ चैत २६ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत २५ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई सात वर्ष कैद सजाय र ८० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

पीडितलाई आरोपितले ०७७ असार १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार १८ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरेको थिए ।

जिल्ला अदालत बागलुङको आदेशले आरोपित साउन १२ गतेदेखि पुर्पक्षको लागि कारागारमा रहेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी भण्डारीले बताए ।


सिर्जना पन्त