बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
२५ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–१० का ४० वर्षीय पुरूषोत्तम कार्कीलाई पुस २३ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार ३ सय रुपियाँ कसुरदारबाट असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित युवतीलाई आरोपितले ०७६ माघ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ९ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।
आरोपित जिल्ला अदालतको ०७६ फागुन ६ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ९ गते गरिएको थियो ।
भरत खड्का
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित चार वर्षपछि गिरफ्तार
१३ वर्षीया बालिका बलात्कारको आरोप लागेर फरार रहेका कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानी निवासी ८४ वर्षीय जितलाल बोहरालाइ प्रहरीले चार वर्षपछि घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाइ ०७३ माघ…
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…