बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पुस १५ गते भरतपुर महानगरपालिका–१८ का २१ वर्षीय सुकबहादुर तामाङलाई सात वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश गायत्री रेग्मीको इजलासले पुस १५ गते सो फैसला गरेको हो ।
पीडित बालिकालाई ०७७ असार २६ गते बलात्कार गरेको भन्दै पीडितको आमाले असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
आरोपीतलाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २८ गते भरतपुर अस्पतालमा भएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १८ गते)
फागुन १८ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
वार्ताका लागि सरकार र प्रतिबन्धित नेकपाद्वारा दुई-दुई सदस्यीय समिति गठन
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले फागुन १८ गते वार्ताका लागि समिति गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित…
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…