बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

  ०७४ जेठ ९ गते

लहान नपा-१२ का ३५ वर्षीय लगना मल्लिकलाई जिल्ला अदालतले बलात्कार गरेको कसुरमा जेठ ८ गते पाँच वर्षकैद तथा १५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

न्याधीश राजेन्द्र अधिकारीको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले बताए ।

२० वर्षीया महिलालाई आरोपितले ०७३ मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस ७ गते उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण रामकुमार उमा स्मारक अस्पताल लहानमा पुस ७ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई पुस ७ गते गिरफ्तार गरेर मुद्दा चलाएको थियो ।


दुर्गा परियार