बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

  ०७३ पुस १३ गते

५५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सिरहा नपा-१७ का ४२ वर्षीय हकरु पासवानलाई जिल्ला अदालतले पाँच वर्षकैद तथा २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।

न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले पुस १२ गते उक्त फैसला सुनाएको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए ।

पीडित महिलालाई आरोपितले गत जेठ २६ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ २६ गते नै उजुरी दिएको थियो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय सिरहाले सोही दिन गिरफ्तार गरी मुद्दा चलाएको थियो । जिल्ला अदालतले आरोपितलाई असार २० गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २६ गते जिल्ला अस्पताल सिरहामा गरिएको थियो ।

 


दुर्गा परियार