बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

  ०७५ असार २५ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नपा-२ का १९ वर्षीय सुरेशकुमार मुखियालाई जिल्ला अदालतले पाँच वर्षकैदको फैसला असार २४ गते गरेको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । उनका अनुसार पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने समेत फैसलामा उल्लेख छ ।

पीडित बालिकालाई मुखियाले ०७३ साउन ३ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा आरोपितविरूद्ध साउन ४ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ४ गते गरिएको थियो । मुखियालाई प्रहरीले साउन ४ गते गिरफ्तार गरेको थियो भने उनी जिल्ला अदालतको आदेशमा साउन २८ गते देखि पुर्पक्षको लागि थुनामा रहेका थिए ।


दुर्गा परियार