बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

  ०७७ चैत २४ गते

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बुद्धशान्ति गाउँपालिका–७ का ३५ वर्षीय प्रेमकुमार श्रेष्ठलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश टीकाराम आचार्यको चैत २२ गतेको इजलासले कैद सजायको फैसला सुनाएको हो ।

पीडित महिलालाई आरोपितले ०७६ माघ १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १८ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७७ असार ४ गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा असार २७ गते बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको असार २९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १८ गते गरिएको थियो ।


नरेश खाती