बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०७७ असार १४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले माई नगरपालिका–३ का २५ वर्षीय मनिकुमार राईलाई असार १४ गते १० वर्ष कैद फैसला गरेको छ ।

न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले कसुर गरेको ठहर गर्दै कसुरदारलाई कैद सजायसँगै  ४० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित बालिकालाई आरोपितले ०७६ भदौ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७६ भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियाे ।

आरोपितलाई प्रहरीले पीडित पक्षले उजुरी दिएकै दिन गिरफ्तार गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७६ असोज २२ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १८ गते गरिएको थियो ।


कोकिला ढकाल