बलात्कार गरेको कसुरमा तीन वर्षको सजाय

  ०७६ वैशाख ५ गते

१५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १७ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद र ५० हजार रुपियाँ पीडित बालिकालाई क्षतिपूर्ति भराउने फैसला गरेको  छ ।

जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले वैशाख ३ गते उक्त फैसला गरेको वैशाख ५ गते जिल्ला अदालतले जानकारी दिएको हो । कसुरदार ठहरिएका बालकलाई सुधारगृहमा राखिएको छ ।

पीडित बालिकालाई ०७४ चैत १८ गते जागिर लगाइदिन्छु भन्दै काठमाडौँ हुँदै बालकले आफ्नो घरमा ल्याएर पटकपटक बलत्कार गरेको भनी इलाका प्रहरी कार्यालय रत्ननगर चितवनमा पीडित बालिकाले ०७५ वैशाख ४ गते उजुरी दिएकी थिइन् । उजुरीमा पीडितले पीडकको घरबाट भागेर चितवन पुगेर उजुरी दिएको उल्लेख गरेकी छिन् ।

प्रहरीले आरोपित बालकलाई ०७५ वैशाख ४ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ४ गते बकुलहर अस्पताल रत्ननगर चितवनमा भएको थियो ।

इलाका प्रहरी कार्यालय रत्ननगरले घटनास्थल नुवाकोट भएकोले थप अुनसन्धानको लागि पीडकसहित कागजात ०७५ वैशाख ५ गते नुवाकोट प्रहरी कार्यालय पठाएको थियो ।


नवदीप श्रेष्ठ