बलात्कार गरेको कसुरमा तीन वर्षकैदको फैसला

  ०७५ जेठ ३० गते

४३ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा ३५ वर्षीय पतिलाई जिल्ला अदालत ताप्लेजुङले जेठ ३० गते तीन वर्षकैद र पीडकको अंश भए अंशबाट दिने र नभए नेपाल सरकारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७१ साउन ३० गते बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा भदौ ३० गते मुद्दा दर्ता गरिएको थियो ।

मुद्दा दर्ता लगत्तै फरार रहेका आरोपितको अंश ०७१ फागुन २७ गते रोक्का गरी २ वर्षपुगेपछि मुद्दा जगाउने गरी मुलतवीमा राख्ने अदालतले आदेश दिएको थियो । उक्त मुद्दा २०७४ माघ १६ गते मुलतबीबाट जागेको र फैसला भएको अदालतका श्रेस्तेदार गोपाल थापाले जानकारी दिए ।


देवराज गुरूङ