बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

  ०७७ चैत १३ गते

६३ वर्षीया सौतेनी आमालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले २३ वर्षीय एक पुरूषलाई चैत १२ गते जन्म कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश हरिशचन्द्र इङ्गनामको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ६० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले बताउनु भयो ।

पीडित महिलालाई आरोपितले ०७७ भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ८ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले भदौ १० गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ८ गते गरिएको थियो ।


कोकिला ढकाल