बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

  ०७७ फागुन ६ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भानु नगरपालिका–८ का ३२ वर्षीय दिपेन्द्र विकलाई जन्मकैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत तनहुँका न्यायाधीश जगतनारायण प्रधानको फागुन ५ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा आरोपितलाई जन्मकैद सजाय र ५० हजार रुपियाँ जरिवाना तिराउने फैसला गरेको जिल्ला अदालत तनहुँका मुद्दा फाँटका नासु कृष्ण गौतमले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७७ जेठ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए ।

पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी आरोपितविरुद्ध जेठ १४ गते जबरजस्ती करणी र्शीषक अन्तरगत मुद्दा दर्ता गरेका थिए ।

जिल्ला अदालत तनहुँको आदेशले आरोपित जेठ २२ गतेदेखि पुर्पक्षकोलागि थुनामा थिए ।


प्रकाशचन्द्र भट्टराई