बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

  ०७६ असोज ८ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय बाबुलाई जिल्ला अदालतको असोज ७ गतेको फैसलाले जन्मकैद (२५ वर्ष) को सजाय निर्धारण गरेको छ ।

न्यायाधीश विनोदकुमार गौतमको इजलासले उक्त फैसला गरेको हो । हाडनाता वा बाबु छोरीबीचको सम्बन्धमा बलात्कार भएकाले आरोपितलाई जन्मकैद (२५ वर्ष) को सजाय तोकिएको हो ।

पीडित बालिकालाई आरोपितले ०७५ चैत १२ गते बलात्कार गरेको भन्दै आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत १३ गते उजुरी परेको थियो ।

आरोपितलाई प्रहरीले चैत १२ गते नै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।


दिपेन्द्र अधिकारी