बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

  ०७६ कात्तिक ९ गते

४५ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका–१४ साउनेका २० वर्षीय किशोर नेपालीलाई जिल्ला अदालतले कात्तिक ७ गते आठ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश मनोज केसीको इजलासले बलात्कार गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पीडित महिलालाई नेपालीले ०७५ कात्तिक १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएको थियो ।

निवेदनसँगै गिरफ्तारीमा परेका नेपालीलाई अदालतले मङ्सिर ७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १४ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो ।


भरत खड्का