बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

  ०७६ असार १७ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रिपुराकोट सुन्दरी नपा–४ रङ्गबस्ती डोल्पाका २५ वर्षीय पञ्चराम बिकलाई जिल्ला अदालतले असार १६ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले उक्त सजायसँगै पीडित महिलालाई ३० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७५ वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७५ वैशाख ३ गते आठविसकोट नगरपालिकाको गोतामकोटबाट गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ परीक्षण वैशाख २ गते जिल्ला अस्पताल, सल्लेमा भएको थियो ।


मनिषा केसी