बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

  ०७६ जेठ ३१ गते

अपाङ्गता भएकी २० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फाल्गुनन्द गाउँपालिका–१ का २६ वर्षीय लाले भन्ने सुरेश भुजेलविरूद्ध जिल्ला अदालतले जेठ ३० गते आठ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश माननीय मनोज केसीको एकल इजलासले गरेको फैसलामा कसुरदारबाट पीडितलाई ३० हजार समेत क्षतिपूर्ति भराउन भनिएको छ ।

केसी इजलासको फैसला अनुसार कसुरदारलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको सो अदालतका सूचना अधिकारी याम चौहानले बताए ।

अदालतको आदेशले आरोपित ०७५ पुस २२ गतेदेखि पूर्पक्षका लागि कारागारमा रहेका थिए । पीडितलाई मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पुस १ गते पीडिका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भयो । आरोपितलाई प्रहरीले पुस १ गते नै गिरफ्तार गरेको थियो ।


मङ्गल बेघा