बलात्कार गरेको आरोपमा उजुरी दर्ता 

  ०७३ साउन २४ गते

आठ वर्षीया बालिकालाई चन्द्रपुर नपा-९ का ४१ वर्षीय लक्ष्मीबहादुर वलले साउन २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा साउन २३ गते उजुरी दर्ता गराएको छ ।

आरोपित फरार रहेकाले उनको खोजतलास र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर ज्ञानकुमार सेटीले बताए ।

पीडितको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा साउन २३ गते गरिएको प्रहरीले जनाएको छ ।


विपिन गौतम