बलात्कार गरेको आरोपमा उजुरी

  ०७४ असोज २४ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज २४ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार आरोपितले असोज २३ गते शौचालय गएकी बालिकालाई बलात्कार गरेकोले कारबाहीका लागि उजुरी हालेको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज २४ गते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीका अनुसार घटनाको मौखिक जानकारी असोज २३ गते राति नै आएकोले आरोपितलाई राति नै गिरफ्तार गरिएको छ ।


दुर्गा परियार