बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
मष्टा गाउँपालिका–२ खिकाला घर भई मट्टा आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कार गरी हत्या गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय राजेन्द्रबहादुर बोहराविरुद्ध पीडित पक्षले असोज ९ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएको छ ।
बालिकालाई बलात्कार गरी हत्या गरेकाले बोहराविरुद्ध असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको बालिकाका ६२ वर्षीय हजुरबुबा कल्ल कामीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
घरदेखि आधा घण्टा दुरीमा रहेको गोठमा गाईगोरुलाई घाँस हाल्न गएकी बालिका साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्न गएका पीडितकाे परिवारले मष्टा गाउँपालिका–२ खिकालास्थित शिव मन्दिर छेउमा बालिकाको टाउकोमा घाउचोट, शरीर भरी निलडाम र योनीबाट रगत बगिरहेको अवस्थामा मृत फेला पारेको थियो ।
घटनामा संलग्न भएको आशङ्कामा बोहरालाई असोज ८ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेकोमा पीडित पक्षले असोज ९ गते बोहोराविरुद्ध उजुरीसमेत दिएकोले अनुसन्धानमा थप सहज हुने जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी रुपक खडकाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
शवको पोष्टमार्टम असोज ८ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको भए पनि दाहासंस्कार भने गरिएको छैन ।
घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही नभएसम्म शवको दाहासंस्कार नगर्ने मृतकका हजुरबाबा कल्ल कामीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
घटनामा सङ्लग्न व्यक्तिलाई कडा कारवाहीको माग गर्दै अधिकारकर्मी, पीडित परिवार र विद्यार्थी सङ्घ सङ्गठनहरूले असोज १० गते सदरमुकाम चैनपुरमा विरोध प्रर्दशनसमेत गरेका छन् ।
रमेश के सी
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…